मोरङ । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुङ्गो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रहनुभएको छ । सचिवको उम्मेदवार दिनुभएकी लम्साल बीए अन्तर्गतको राजनैतिक शास्त्र लिएर अध्ययनरत रहनुभएको छ । उहाँ अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीको अध्यक्ष पनि हुनुहुन्छ ।























