उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ मा ४ लेनको सडक कालोपत्रे हुने भएको छ ।
विश्व बैंकको सहयोगमा बन्न लागेको यो सडक आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिने भएको हो । २०८१ फागुन २१ सम्म निर्माण सम्पन्न गर्ने गरी सिजेच कोलोनी शान्त नगर हैदरावाद भारतले ठेक्का पाएको छ । ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैयाँमा ठेक्का पाएको सो सडक अटोमेटिक सडक बत्ति जडान, पार्किङसहितको निर्माण हुन लागेको वडाध्यक्ष राजनकुमार कँडेलले बताउनुभयो ।
उर्लाबारी–३ को कृष्ण चौकदेखि सुनझोडा सामुदायिक वन क्षेत्रको कार्यालयसम्म करिब ५ किलोमिटर बन्ने उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय