उर्लाबारी । आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनको माहोल तातेको छ । यसैक्रममा मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा पनि चुनाबी सरगर्मी बढेको छ ।
नेपाल विद्यार्थी संघले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिमा विवेक कार्कीलाई अघि बढाएको छ भने आज सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नेपाल कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री एबं स्ववियू निर्वाचन परिचाल कोशी प्रदेश संयोजक खड्ग फागोले कार्यालयको उद्घाटन गर्नुभयो । उर्लाबारी बहुमुखी क्याम्पस नेविसंघले यस पटकको निर्वाचनमा विजयी हासिल गर्ने उहाँले दाबी गर्नुभयो । नेविसंघले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिमा कार्कीलाई उम्मेद्वार बनाएपनि अन्य पदमा अझै टुंगो लगाइनसकेको बताइएको छ ।























