उर्लाबारी । अनेरास्ववियु मोरङ जिल्ला सदस्य प्रिति दाहाल उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिको उम्मेद्वार बन्नुभएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जसपानिकट समाजवादी विद्यार्थी युनियन, राप्रपानिकट राप्रविसंघ र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले संयुक्त प्यानलबाट दाहाल स्ववियू सभापतिको उम्मेद्वार बन्नुभएको हो । उहाँले उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै विद्यार्थीहरुको सर्वोतम हितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । क्याम्पसमा रहेका तमाम विद्यार्थीहरुलाई समेटेर अघि बढ्ने प्रण गर्दै स्ववियू सभापतिकी उम्मेद्वार दाहालले सबै विद्यार्थीहरुको साथ र सहयोगले चुनाब जित्ने दाबी गर्नुभयो ।























