उर्लाबारी । कोशी प्रदेश खारेजीको माग गर्दै पहिचानवादीहरुले मोरङसहित पूर्वका जिल्लाहरुमा राँके जुलुस प्रदर्शन गरेका छन् ।
प्रदेश नं. १ को नामाकरण कोशी प्रदेश भएसँगै पूर्वमा पहिचानवादीहरु आन्दोलित बनेका हुन् । शनिबार साँझ उर्लाबारीमा पनि राँके जुलुस निकालिएको छ । राँके जुलुस उर्लाबारी चौकतर्फ अघि बढिरहेको अवस्थामा प्रहरीले रोकेको थियो । आइतबार कोशी प्रदेश खारेजीको मागसहित आम हड्तालको आयोजना गरिएको छ । विभिन्न जातीय संस्था, जनता समाजवादी पार्टीलगायत आन्दोलनमा उत्रिएको छ । फागुन २८ गते बन्दको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रर्दशन गर्ने घोषणा गरिएको छ । कोशी प्रदेशको नाम कौशिक वाहुनको नाममा रहेको कोशी नदीवाट भएकाले त्यसलाई खारेज गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश १ को नाम पुन नामाकरण गरिनु पर्ने माग जसपाका नेता मात्रिका धिमालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय