उर्लाबारी । कोशी प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ वडा नं. ३ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
१ नम्बर प्रदेश पुनः नामाकरण संघर्ष समितिले आज विहान १० बजे वडा कार्यालयमा तालाबन्दी गरेको हो । कोशी प्रदेश खारेज गर, लिम्बूवान किरात प्रदेश घोषणा गर लेखिएको कार्ड झुण्डाएर तालाबन्दी गरिएको छ । वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयको कामकाज प्रभावित भएको मिक्लाजुङ वडा नं. ३ का वडाध्यक्ष सन्तोष मगरले जानकारी दिनुभयो । आज कोशी प्रदेश खारेजीको मागसहित पूर्वमा आम हड्तालको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय