उर्लाबारी । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमकलगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा लिनेहरूमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेको प्रहरीले जनाएको छ ।























