उर्लाबारी । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ ।
यही फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएको विरोधमा गठित ‘संयुक्त संघर्ष समिति’ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि प्रभावित भएको हो ।
संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दलाई जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ, किराँत राई यायोक्खा, किराँत सेवा समाज, नेपाल तामाङ घेदुङ, नेवाः देयःदबु, नेपाल तमु छ्योजधी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किराँत चाम्लिङ खाम्बातिम, किराँत साम्पाङ राई जुम्लेखालगायतले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय