उर्लाबारी । विद्यार्थीहरुको हकहितमा अग्रमोर्चामा रहेर बुलन्द आवाज पार्ने युवा विद्यार्थी नेता हुन्, थानेश्वर अधिकारी (आकाश) । अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस इकाई अध्यक्ष अधिकारीले क्याम्पसको बेतिथिका बारेमा खरो रुपमा आवाज उठाउँदै आएका छन् ।

क्याम्पस प्रशासनलाई खबरदारी गराउँदै निरन्तर विद्यार्थीहरुको हकहितमा क्रियाशिल अधिकारी यतिबेला स्ववियु निर्वाचनमा उर्लाबारी बहुमुखी क्याम्पसको सचिब पदमा उम्मेद्वार बनेका छन् ।  अनेरास्ववियुको नेतृत्वमा ५ विद्यार्थी संगठनबाट उम्मेद्वार बनेका अधिकारी यस पटक स्ववियु सचिब बनेर विद्यार्थीहरुका हकहितमा सशक्त रुपमा लाग्ने जमर्को गरिरहेका छन् । आफुलाई विद्यार्थीहरुले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सचिबमा निर्वाचित गरेको खण्डमा निर्वाचित भएको ६ महिनाभित्र विद्यार्थीहरुले अनुभूति हुने गरी काम गरेर देखाउने उनको प्रतिबद्धता छ । विद्यार्थीका समस्या समाधान पहिलो प्राथमिकता रहेका बताउँदै क्याम्पसको विकास र विस्तारमा पनि भूमिका खेल्ने योजना छ । क्याम्पसलाई हराबरा बनाउँदै विद्यार्थीहरुको हकहित प्रभावकारी रुपमा स्थापित गराउन लागि पर्ने उनको भनाई छ ।
चुनाबका बेला नमस्कार र मिठो कुरा गरेर चुनाब जित्न मात्रै उम्मेद्वार नबनेको बताउने अधिकारी चुनाब जितेर काम गरेर देखाउने बताउँछन् । उर्लाबारी वडा नं. ४ निवासी अधिकारीले राजनीतिभन्दा माथि उठेर विद्यार्थीहरुको हितमा सोच्न आवश्यक रहेको औलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय