मोरङ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१ नक्सालबारी बस्‍ने ५७ वर्षीय हेम कर्ण महत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । महतले ५३ वर्षीया श्रीमती देवी महतलाई घरायसी विवादमा धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय