विराटनगर । मतदाता नामावलीको विषयलाई लिएर अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ ।
अहिलेसम्म मतदाता नामावली फाइनल नगरेको र क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिएका छन् । यस्तै ट्रान्सफर भएर अन्य क्याम्पसमा गइसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश भएको, आफ्नो संगठन निकटका मानिसको मतदाता नामावलीमा नाम प्रकाशित नगरेको उहाँको आरोप छ ।
यस्तै, नेपाल विद्यार्थी संघले विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि नेविसंघले तालाबन्दी गरेको जनाएको छ । यता पराजित हुने देखेर विद्यार्थी संगठनहरुले तालाबन्दी गर्न थालेको हुन सक्ने विद्यार्थीहरुले अड्कलबाजी गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय