मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ ।

कानेपोखरी गाँउपालिका-६ रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालय सञ्चालित यो कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा लिइरहेका छन् ।

विद्यालयमा कुल एक हजार तीन सय १७ जना विद्यार्थी अध्ययनरत छन् । जसमा ५५ प्रतिशत छात्रा छन् । कोशी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि विद्यालय आफैले खरिद गर्ने गरेको छ भने केही सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलको भनाइ छ ।

“कार्यक्रम अन्तर्गत विद्यालयले छात्रालाई महिनावारीको समयमा निःशुल्क प्याड उपलब्ध गराइन्छ”, विद्यालयमा कार्यरत नर्स आश्मा आचार्यले भन्नुभयो, “कुनै समस्या भए प्राथमिक उपचार गरी अस्पताल पठाउने गरेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय