उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
निर्वाचनमा १ हजार ३ सय ५९ मतमध्ये ९ सय ९० मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र मतगणना आज साँझ ६ बजेबाट सुरु हुने बताइएको छ ।























