विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा प्रहरीले अश्रुग्याँससँगै हवाई फायर गरेको छ ।

कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । त्यसलाई तोडेर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको हो । त्यस क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले रोडसेस चोक क्षेत्रबाट पक्राउ गरेको छ ।

भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय