ओखलढुंगा । ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडीको झण्डा फालिएको छ ।
कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा नं. ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका छन् । मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यास गर्न चैत्र ५ गते ओखलढुंगा आउनुभएको थियो । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानै देखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए । मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडप समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय