उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रत्यक्षतर्फ प्यानलै विजयी हासिल गरेको छ । ऐतिहासिक जित दर्ता गर्ने क्रममा नेविसंघले पहिलो पटक स्ववियु सभापतिसहित प्यानलै विजयी भयो ।
प्रत्यक्षमा प्यानलै जितेको नेविसंघले समानुपातिकमा पनि पहिलो विद्यार्थी संगठनको रुपमा स्थापित बन्यो । समानुपातिक तर्फको ९ सय ९० मत खसेको थियो । नेविसंघले ५ सय ५३, अनेरास्वबियुले २ सय ९६, अखिल क्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ र राप्रविसले ३५ प्राप्त गरेको छ । जसमध्ये २३ मत बदर भएको थियो । जानकार स्रोतका अनुसार समानुपातिक प्रणालीबाट नेविसंघले ४, अनेरास्वबियूले २ , अखिल क्रान्तिकारीले १ र राप्रविसले १ जना प्रतिनिधित्व गर्ने देखिएको छ ।
निर्वाचन कार्यालयमा बुझाएको समानुपातिक लिष्ट अनुसार सम्भावित नेविसंघबाट सन्जोग भण्डारी, केशवप्रसाद चापागाई, रस्किमा थापा र एलिना गौतम पर्ने देखिन्छ । यी चार मध्ये समानुपातिकबाट भण्डारी उपसभापति र चापागाई सह–सचिब बन्ने निश्चित छ । यी चारमध्ये कसलाई पठाउने भन्ने नेविसंघले नाम छानिसकेको छैन ।

अनेरास्ववियुबाट गौतमबुद्ध तामाङ र लक्ष्मी कार्कीको नाम पर्न सक्ने देखिन्छ भने अखिल क्रान्तिकारीबाट सुजन कार्की पर्ने देखिन्छ । राप्रविसंघबाट सुमन ढकाल पर्ने निश्चित छ । यी नाम सम्भावित मात्रै भएकाले तलमाथि हुन सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय