उर्लाबारी । अपराध अनुसन्धानमा अब्बल कहलिनु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले उर्लाबारीको कमाण्ड सम्हालेसँगै लागू औषध कारोबारी निशानामा परेका छन् ।
उर्लाबारी क्षेत्रमा लागु औषधको कारोबार बढेको भन्दै गुनासो आएसँगै भर्खरै इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्नु भएका प्रहरी निरीक्षक नेम्बाङ एक्सनमा उत्रिनु भएको हो । लागु औषध नियन्त्रण अभियान अन्तर्गत चैत्र ३ गते उर्लाबारी–६ बाट एक युवा पक्राउ परे । २० बर्षीय सोनु भुजेलले आफ्नै घरमा प्रतिबन्धित लागू औषध गाँजा खरिद बिक्री गरी रहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । १२६ ग्राम अवैध लागुऔषध गाँजा फेला पारी बरामद गरी भुजेललाई पक्राउ गरी लागु औषध सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ७ का ४५ बर्षीय ईन्द्रप्रसाद सुबेदीले पनि पक्राउ परेका छन् । आफ्नै घरमा प्रतिबन्धित लागू औषध खैरो हिरोईन र गाँजा खरिद बिक्री गरीरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । सुबेदीको घरबाट १०९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने खैरो पदार्थ र ३१८ ग्राम अवैध लागु औषध गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, चैत्र ४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ का बर्ष ५७ को नरबहादुदर खड्काले आफ्नै घरमा प्रतिबन्धित लागू औषध गाँजा खरीद बिक्री गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको छ । खड्काको घरबाट १५४ ग्राम अवैध लागु औषध गाँजा फेला पारी बरामद भएको प्रहरीले जनाएको छ । उर्लाबारी प्रहरीले लागु औषधि नियन्त्रण गर्ने अभियान थालेको छ । लागुऔषध सेवनकर्ता तथा विक्री गर्ने स्थानहरुको पहिचान गर्दै धमाधम पक्राउ गर्न थालेको छ । नेम्बाङले उर्लाबारीमा कमान्ड सम्हालेपछि लागूऔषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय