उर्लाबारी । कोशी प्रदेश नामाकरण भएपछि पहिचानवादीहरु आक्रोशित बनेका छन् ।
लामो समयदेखि पहिचानका लागि संघर्ष गर्दै आएका पहिचानवादीहरुले प्रदेश नं. १ को नाम कोशी भएसँगै आन्दोलन गरिरहेका हुन् । फागुन १७ मा प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतबाट प्रदेशको नामकरण गरेपछिको आक्रोशको निशानामा मुख्यमन्त्री, नेता तथा सांसदहरु परेका छन् । पहिचानका लागि मर्न समेत तयार रहेको उद्घोषसहित आन्दोलनमा उत्रिएका छन् । विराटनगरमा यसैसाता शक्ति प्रदर्शन गरेका पहिचानका लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताएका थिए ।

सोमबार मात्रै ओखलढुंगाका मुख्यमन्त्री हिक्मत कार्कीमाथि आक्रमणको प्रयास गरेका आन्दोलनकारीले मंगलबार माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा त्यस्तै प्रयास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय