उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा समानुपातिकतर्फबाट ८ जना छनौट भएका छन् ।
प्रत्यक्षमा प्यानलै जितेको नेविसंघले समानुपातिकमा पनि पहिलो विद्यार्थी संगठनको रुपमा स्थापित बन्यो । समानुपातिक तर्फको ९ सय ९० मत खसेको थियो । नेविसंघले ५ सय ५३, अनेरास्वबियुले २ सय ९६, अखिल क्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ र राप्रविसले ३५ प्राप्त गरेको छ । जसमध्ये २३ मत बदर भएको थियो । जानकार स्रोतका अनुसार समानुपातिक प्रणालीबाट नेविसंघले ५, अनेरास्वबियूले २, अखिल क्रान्तिकारीले १ जना प्रतिनिधित्व भएको छ ।
नेविसंघबाट सन्जोग भण्डारी, केशवप्रसाद चापागाई, रस्मिका थापा, एलिना गौतम र केशब नेपाल परेका छन् । यी पाँच मध्ये समानुपातिकबाट भण्डारी उपसभापति र चापागाई सह–सचिब बनेका छन् ।
अनेरास्ववियुबाट गौतमबुद्ध तामाङ र उज्वल फाम्बो लिम्बू सदस्य बनेका छन् । अखिल क्रान्तिकारीबाट सुजन कार्की सदस्य बनेका छन् । उर्लाबारी क्याम्पस स्ववियुको १९ सदस्यीयमध्ये १६ सदस्य नेविसंघका छन् । अनेरास्वबियुले २ र अखिल क्रान्तिकारी १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय