उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रतिनिसभा सदस्य डिगबहादुर लिम्बूले पनि मन्त्रीमा आकांक्षा राखेका छन् ।
नेपाली कांग्रेसको शेखर समूहमा सांसद लिम्बूले मन्त्रीको आकांक्षा राखेका हुन् । सो समूहबाट लिम्बूसहित सहमहामन्त्री जीवन परियार, तेजुलाल चौधरीले पनि आकांक्षा राखेका छन् । लिम्बूले मन्त्रीका लागि दौडधुप गरिरहेको भएपनि सम्भावना कम रहेको जानकार स्रोत बताउँछ । शेखर कोइरालाले जीवन परियारलाई सबैभन्दा बढी विश्वास गर्ने भएकाले उनै यस पटक मन्त्री बनाउन सक्ने कोइरालानिकट नेताहरु बताउँछन् ।
कांग्रेसले ७ मन्त्रालय पाए ३, ९ वटा पाए ४ मन्त्रालय पाउनु पर्ने कोइराला पक्षले माग गरेको छ । नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताए । नेताहरुका अनुसार शेखर समूहबाट उपसभापति धनराज गुरुङको मन्त्री हुने निश्चित जस्तै छ । यो समूहबाट डा. शेखर र महामन्त्री थापाले दुबै सरकारमा नगएको अवस्थामा पार्टी वरियतामा तेस्रो स्थानमा रहेका उनी मन्त्री हुने सम्भावना छ । कोइराला समूहले दुई मन्त्रालय पाउने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय