उर्लाबारी । नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेची सहकारीले निर्माण गरेका घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
दमक नगरपालिका–४ मा निर्माण भएका घर हस्तान्तरण हुँदैछ । घर हस्तान्तरणका लागि आज विहान ११ बजे ओली आउने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्री ओलीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत आउने जनाइएको छ ।
यसैबीच पहिचानका आधारमा प्रदेशको नामाकरण हुनु पर्ने माग गर्दै आएकाहरुले विरोध जनाउने तयारी गरिरहेको बुझिएको छ । कोशी प्रदेश खारेज हुनु पर्ने मागसहित प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएपछि आन्दोलन भड्किने स्थिति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय