उर्लाबारी वडा नम्बर २ मा विपन्न एकल महिलालाई बाख्राको पाठा वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबिच वडाध्यक्ष राजनकुमार कँडेललगायतले वडाका १३ जना विपन्न एकल महिलालाई बाख्राका पाठा वितरण गरिएको हो ।
वडाले लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक वडा स्तरिय विनियोजित बजेटबाट आम्दानीको स्रोत नभएका एकल महिलाहरुलाई १लाख बराबरको पाठा वितरण गरेको वडाध्यक्ष कडेँलले जानकारी दिनुभयाे । उहाँले निम्न आय भएका एकल महिलाको जीवनस्तर उकास्न सहयोग पुग्ने हेतुले वडाले पाठा वितरण गरिएको बताउनुभयाे । यसअघि एकल महिलाहरुलाई वडाले सुगुँरको पाठा वितरण गरेको थियो । यस्तै वडाले विपन्न एकल परिवारका विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनरी सामाग्री समेत वितरण गर्ने तयारी गरेको वडाध्यक्ष कडेँलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय