उर्लाबारी । प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हालेसँगै प्रहरीको सक्रियता बढेको छ ।
चैत्र महिनाभित्र मात्रै लागु औषधमा ५ जनालाई मुद्दा चलाइएको छ भने प्रतिबन्धित औषधिमा केहीलाई औषधि विभागमा बुझाइएको छ । यस्तै, चैत्र १२ गते चोरीका दुई मोटरसाइकल फेला पारेको छ । मिक्लाजुङ–३ मा चेकजाँचको क्रममा ती मोटरसाइकल फेला पारिएको हो । प्रदेश नं. १–०२–०४१ प ५६९६ भएको २०० सि.सि. र प्रदेश नं.१–०१–०१३ प ८६९७ भएको २०० सि.सि.को बजाज कम्पनीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यसैबीच महिला राखेर यौन धन्दा गराउने उर्लाबारीको एक होटलबाट केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार केही प्रक्रिया पूरा भएपछि घटनाको विवरण उपलब्ध गराउने जनाएको छ । प्रहरी अपराध नियन्त्रणमा कडाईको साथ प्रस्तुत भएको छ । प्रहरी निरीक्षक नेम्बाङ अपराध अनुसन्धानमा अब्बल मानिनुहुन्छ ।























