उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट गर्नेलाई कार्वाहीको माग गर्दै वडाबासीहरुले प्रहरी कार्यालय घेरेका छन् ।
वडाबासीहरुले वडाध्यक्ष पौडेलमाथी आक्रमण गर्ने पथरीशनिश्चरे नगरपालिका–२ का मनोज लिम्बूसहितलाई पक्राउ गरी कार्वाही गर्न माग गरेका हुन् । आन्दोलनको नाममा अराजक हर्कत गरेको भन्दै वडाबासी आक्रोशित बनेका छन् । प्रहरीले दोषीलाई कार्वाही नगरे आन्दोलनमा उत्र्ने वडाबासीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय