उर्लाबारी । मोरङको उर्लाबारीमा यौन ब्यवसाय मौलाएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ ।
प्रहरीले उर्लाबारीमा सञ्चालित होटलहरुमा निगरानी बढाएको हो । यसैबिच यौन ब्यवसाय सञ्चालन गरेको आरोपमा उर्लाबारी–७ स्थित पूरानो भोजपुरे होटल अहिलेको मिक्लाजुङ होटल एण्ड लज सञ्चालक नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । तीन जना किशोरीलाई जवरजस्ती यौन ब्यवसायमा लगाएको पाएपछि प्रहरीले उनलाई पक्राउ गरी मानव बेचविखन मुद्धामा म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले उर्लाबारीको कमाण्ड सम्हालेपछि यौन धन्दा सञ्चालन गर्ने होटलहरुमा प्रहरीले निगरानी बढाएको छ । अन्य केही होटलमा पनि यौन ब्यवसाय सञ्चालन हुने गरेको सूचना प्राप्त भएको र ती होटलहरुमा पनि निगरानी गरिरहेको प्रहरीले जनाएको छ । उर्लाबारीका केही होटलले युवती राखेरै होटलमा यौन धन्दा गर्दै आएका छन् भने केहीले फोन कलमार्फत पनि युवतीहरु मिलाइदिने गरेको जानकारी प्रहरीमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय