उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलमाथी कुटपिटको चौतर्फी विरोध भएको छ ।
राजनीतिक दल, विभिन्न संघसंस्थाहरुले विज्ञप्ती जारी गर्दै वडाध्यक्ष पौडेलमाथि कुटपिट गर्ने कानुन बमोजिम कार्वाही गर्न माग गरेका छन् । यसैबिच उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अध्यक्ष पौडेलमाथि कार्यकक्ष उर्लाबारी नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा केही उच्छुङ्खल व्यक्तिहरुले सांघातिक आक्रमण गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ –‘घटनाप्रति संस्था खेद व्यक्त गर्दछ, साथै घटनाको छानविन गरी दोषीलाई यथाशिघ्र कानुनी कार्वाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अध्यक्ष ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं ।’
उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा वडाध्यक्ष पौडेलमाथि कुटपिट गरेको तथा अन्य जनप्रतिनिधि र कर्मचारी हेमराज कोईरालामाथि दुरव्यवहार गरेको घटनाप्रति उर्लाबारी नगरपालिकाका कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारबाहीको माग गरेका हुन् । साथै कर्मचारीहरुले नगरपालिका भित्रको शान्ति सुरक्षाको उचित व्यवस्था गरी नागरिकको सेवामा खटिएका कर्मचारीहरुलाई दैनिक सेवा संचालन गर्ने वातावरणको सुनिश्चितताको माग समेत गरेका छन् । मंगलबार बिहान ११ बजेर ३८ मिनेट जाँदा वडाध्यक्ष पौडेलमाथि भएको कुटपिट र वडा नम्बर ४ र ७ मा भएको दुरव्यवहारको घटनाप्रति मंगलबार बसेको नगरकार्यपालिका सहितको बैठकले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दोषी जो भएपनि कडा कारबाहीको माग थियो ।
उर्लाबारी ६ को वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका समितिमा रहेका पथरीशनिश्चरे नगरपालिका–२ का मनोज लिम्बूलगायतले वडाध्यक्ष पौडेलमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय