उर्लाबारी । प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको मिक्लाजुङ गाउँपालिका र मातहतका कार्यालयहरुमा तालाबन्दी गरेको छ ।
आज मिक्लाजुङ गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेको हो । पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नु पर्ने माग गर्दै प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति प्रदेशभरीका पालिकाहरुमा तालाबन्दी गर्ने उद्घोष गरेको छ ।























