काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

अपरान्ह ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलन उपनिर्वाचन केन्द्रीत रहने रास्वपाले जनाएको छ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेसँगै नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्ष रमेश खरेल पनि उपस्थित हुने बताइएको छ ।

रास्वापले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा लामिछाने, तनहुँ-१ मा वाग्ले र बारा-२ मा खरेलललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा सांसद पद खारेज भएपछि सोही ठाउँबाट पुनः उपनिर्वाचन लड्ने तयारी मा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय