उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ५ मा रहेको अरनिको हस्पिटल प्रा.लि.ले आर्थिक अवस्था ज्यादै कमजोर रहेकी उर्लाबारी–३ की तारा विश्वकर्माको निःशुल्क उपचार गरिदिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत हस्पिटलका अध्यक्ष लोलिम पोमुले विश्वकर्माको निःशुल्क उपचारको ब्यवस्था मिलाइदिनुभएको हो । हस्पिटलले ३१ बर्षीया विश्वकर्माको पित्त थैलीमा भएको पत्थरीको दुरपिन पद्धतीबाट निःशुल्क अपरेशन गरिदिएको छ । उनको शनिबार बिहान हस्पिटलका सर्जन डा. प्रज्वल कोईराला नेतृत्वको टिमले दुरविनबाट ल्याप्रोस्कोषी प्रविधिबाट अपरेशन गरिएको छ । अपरेशनपछि उनको स्वास्थ्य अवस्था सामान्य हँदै आएको उपचारमा संलग्न डा. कोइरालाले जानकारी दिनुभयो । रोजगारीका शिलशिलामा भारत गएका श्रीमान बेपता भएपछि विश्वकर्मा आफ्नो एक छोरासहित मंगलबारे स्थित माईतीघरमा बस्दै आउनुभएको छ । विश्वकर्माको उपचारका लागि नेपाली कांग्रेस उर्लाबारी–३ का सभापति रोहित कार्की, सोप्रसाद तिम्सीना (राम)लगायतको पहलमा हस्पिटलले औषधिसहित निःशुल्क अपरेशन गरेको छ । हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ६५ हजार रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गरेको अध्यक्ष लोलिम पोमू लिम्बुले बताउनुभयो । उपचारका लागि पहलकर्ता रोहित कार्कीले आर्थिक अवस्था ज्यादै कमजोर भएकी विश्वकर्माको उपचारमा अरनिको हस्पिटलले निःशुल्क गरिदिएकोमा आभार एंब धन्यवाद प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय