उर्लाबारी ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी उर्लाबारीले किसानका मागहरुको बारेमा उर्लाबारी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
किसान महासंघ क्रान्तिकारीका उर्लाबारी नगर संयोजक राजेन्द्र बास्तोला लगायतको टोलीले उर्लाबारी नगरपालिकाकी उपप्रमुख एबं कार्यवहाक नगरप्रमुख मिना खतिवडालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । किसानले उत्पादन गरेका कृषि उपजलाई उचित बजारीकरण र उचित मुल्य समयमै मल बिउ बिजनको उपलब्धता हुनुपर्ने, नक्कली मल र बिउ विक्रीलाई तत्काल रोकिनुपर्ने, बढ्दो महगी नियन्त्रण, सुकुम्बासी र मजदुरलाई आवाशको व्यावस्था, बषौदेखि जोतभोग गर्दै आइरहेका किसानलाई जग्गा धनीपुर्जाको व्यवस्था लगायतका मागहरु रहेका छन् । उक्त मागहरुलाई नगरपालिकाका माध्यमबाट प्रधानमन्त्री, मुख्यमत्री, कृषिमन्त्री लगायातमा समेत बोद्धार्थ प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय