उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।
आज काठमाडौँमा भएको मनोनयन दर्तामा पूर्वअध्यक्ष भट्टराईले महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको हो । भट्टराईले महासंघको जिल्ला र नगर उद्योग वाणिज्य संघको तर्फबाट कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका भट्टराई ब्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ । उर्लाबारीबाट पहलिो पटक महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी परेको बताइएकोछ ।
उर्लाबारी क्षेत्रका उत्साहित एवम् जागरुक व्यापारी, व्यवसायी र उद्यमी हुनुहुन्छ । उहाँको सामाजिक छवि समेत उँचो रहेको छ । व्यापारी, व्यवसायीबीच सुपरिचित भट्टराई उर्लाबारीका प्रतिष्ठित व्यवसायीको रुपमा गनिनुहुन्छ । भट्टराई उर्लाबारी–७ बरगाछीमा रहेको भट्टराई मार्केटिङ तथा भट्टराई गहना सेन्टरका सञ्चालक हुनुहुन्छ भने भर्खरै उर्लाबारी–४ मा सञ्चालनमा आएको जय वशिष्ट रिसोर्ट प्रालिका सञ्चालक हुनुहुन्छ । केन्द्र र प्रदेशमा समेत आफ्नो पहिचान बनाइसक्नु भएका चम्किला चन्द्रबहादुर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य तथा रत्न आभुषण समितिका संयोजक भइसक्नु भएको छ । विभिन्न देशको भ्रमण गरी उद्योग व्यापार सम्बन्धी अनुभव संगाल्नुभएका भट्टराई लामो समयदेखि ब्यवसायीहरुको हकहितमा सक्रियतापूर्वक लागि परिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय