काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गर्दै पहिचानको पक्षमा उभिने निर्णय गरेको हो । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘…हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौं भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ ।’

प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणको निर्णय गर्दा माओवादीले पनि पक्षमा कोशी नामकै पक्षमा उभिएको थियो । तर पहिचान पक्षधरले आन्दोलन चर्काएपछि माओवादीले कमजोरी स्वीकार गरेको हो । पहिचान पक्षधरको आन्दोलनका क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय