विराटनगर। मोरङको एक विद्यालय शिक्षा परीक्षा (एसईई) को केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।
नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाइएको छ ।























