उर्लाबारी । कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ) लाई मन्त्रीपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको भएको छ ।
पर्यटन मन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत सो जानकारी गराउनु भएको हो । प्रदेशको नाम कोशी प्रदेश पारित भएपछि पहिचान पक्षधर विभिन्न संघसंस्थाहरूले सडक आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यसपछि सरकारले उक्त घटनाको छानबिन गर्न र आन्दोलनरत पक्षसँग वार्ता गर्न एउटा समिति गठन गरेको थियो । आन्दोलनरत पक्ष सहमत नहुँदा मृतक लिम्बूको शव परीक्षण र अन्तिम संस्कार हुन सकेको छैन ।























