उर्लाबारी । एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न उर्लाबारीका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थीसँग ४० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेको पाइएको छ ।
प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले भन्नुभयो ‘एसइइ परीक्षा पास गराउने प्रलोभन देखाएर विद्यार्थीसँग ४० हजार देखि ७० हजार सम्म शुल्क लिने गरेको रहेछ ।’
उहाँका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीको आधारमा डल्फिन एकेडेमीका सञ्चालक सन्तोष राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नक्कली परीक्षार्थीबाट परीक्षा दिलाउने कन्सल्टेन्सीहरूमा धरान–९ को टेरेसा एजुकेशनल कन्सल्टेन्सी, धरान–९ आचार्य लाइनको प्यासिफिक युनिक कन्सल्टेन्सी, धरान–१० को युनिक कन्सल्टेन्सी र धरान–७ स्थित न्यू लालीगुराँस एजुकेसन प्रा.लि. पनि रहेका छन् । यस्तै उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल एजुकेशन हब, पथरीको पर्फेक्ट कन्सल्टेन्सी, एमएन पूर्वाञ्चल आइटी कलेज पथरी रहेको प्रहरीले जनाएको छ । फरार रहेका सञ्चालकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । डिएसपी दाहालले भन्नुभयो ‘अन्य सञ्चालक फरार रहेकाले खोजी भइरहेको छ, पक्राउ नपरेसम्म उनीहरूको नाम गोप्य राखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय