कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो ।

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय