उर्लाबारी । आज बैशाख १ गते नयाँ वर्षको पहिलो दिन नमुना बाल गृह उर्लाबारीमा नयाँ वर्ष मनाईएको छ । गृहमा मोरङको लेटाङ नगरपालिकाकी महिला अधिकारकर्मी शान्ति पाख्रिनले मिष्ठान्न भोजन गराउनुका साथै धनकुटाको पाख्रिबासका पूर्व ब्रिटिस आर्मी लोकबहादुर गुरुङले रु १० हजार सहयोग गर्दै गृहका अनाथ बालबालिकाहरुसँग नयाँ वर्ष मनाउनुभएको हो ।

नयाँ वर्षको दिन घुमघाम र फजुल खर्च गर्नुभन्दा बाल गृहका बालबालिकाहरुमा नयाँ वर्षको पहिलो दिन खुशी र उमंग ल्याउन नयाँ वर्ष मनाईएको पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय