उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) गत मंसिर ४ गते भएको प्रदेशसभाको निर्वाचनमा पराजित बन्नुभयो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनबाट उम्मेद्वार बनेपनि उहाँलाई कांग्रेसभित्रको ठूलो समूहले असहयोग ग¥यो । अधिकांश भोट कांग्रेसले राप्रपा उम्मेद्वारलाई हालेको थियो । सोही कारण एमालेका उम्मेद्वार उमाकान्त गौतम विजयी बन्नुभयो । राप्रपाले सानदार मत पाउँदै तेस्रो बन्यो भने कुशल दोस्रो बन्नुभयो ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन बनेर विजयी हुनुभएका कुशलले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । प्रदेश सरकारबाट ठूलो बजेट मोरङ क्षेत्र नं. १(१) मा भित्र्याउन सफल बन्नुभएको थियो । सडक, पुललगायत धेरै योजनामा ठूलो बजेट ल्याउन उहाँले भूमिका खेलेपनि दोस्रो पटक उम्मेद्वार बन्नु भएका कुशल परािजत बनेपनि निरन्तर यस क्षेत्रको विकासमा खटिरहनुभएको छ ।
उहाँले सांसद हुँदा उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने मिक्लुक खोलामा पुल पनि उहाँकै पहलकदमीमा भएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माणमा पनि कुशलले पहलकदमी दिनुभएको थियो ।
पूर्व सांसद कुशल अहिलेपनि मन्त्रालय धाउने र विकास निर्माणमा योजना भित्र्याउन निरन्तर सक्रियपूर्वक लागि रहनुभएको छ । माओवादी केन्द्र प्रदेश सरकारमा रहेका कारण पनि उहाँले निरन्तर मन्त्रीहरुलाई मोरङ क्षेत्र नं. १ का विकासमा बजेट विनियोजनका लागि खबरदारी गर्ने काम गरिरहनुभएको छ । आफ्ना कार्यकालमा भएका योजनाहरुको अवलोकन गर्ने होस् वा जनता भेटघाट कार्यक्रममा उहाँ निरन्तर सक्रियपूर्वक लागि रहनु भएको छ । आफुले निर्वाचन ताका प्रतिबद्धता जाहेर गरेका घोषणा पत्रहरु हेरेर योजनाका लागि पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले देश, जनता र क्षेत्रको सेवा गर्न चुनावी हारजितले असर नगर्ने बताउनुभएको छ । आफू सांसदमा रहँदा होस् या नरहदा होस् सधै जनताको सेवक भएको भन्दै उहाँले चुनावमा हार व्यहोरेपनि जनता र निर्वाचन क्षेत्रको काममा सक्रिय रहेको बताउनुभयो । निर्वाचनमा हार व्यहोरे पनि आफ्नो कार्यकालमा सुरु भएको र सुरु हुन लागेको योजनामा पनि आफूले सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय