काठमाडौं । सन्दीप लामिछानेले विश्व कीर्तिमानसहित ३ विकेट हात पारेपछि नेपालले चौथो सफलता हात पारेको छ ।

कीर्तिपुरमा जारी खेलमा तेह्रौं ओभरमा आफ्नो पहिलो स्पेल शुरू गरेका सन्दीपले दुई ब्याट्सम्यानलाई आउट गरेका थियो ।

पहिलो विकेटले नै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय रन पूरा गर्ने खेलाडी बनेका थिए ।

सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् । दोस्रो ओभरको पहिलो बलमै उनले अर्को विकेट हात पारे ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । खानले ४४ खेलमा सय विकेट लिएका थिए ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गरिरहेको हो । यो समाचार तयार पार्दासम्म ओमानले १४ ओभर १ बलमा ४ विकेट गुमाएर ५५ रन जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय