काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्योधनको संगतमा परेर बाटो बिराएकाहरू आफ्नो पार्टीमा फर्किएको बताएका छन्।

शनिबार नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरूलाई पार्टीमा स्वागत गर्दै ओलीले सो कुरा बताएका हुन्।

उनले एकीकृत समाजवादी छाडेका नेता मुकुन्द न्यौपानेले दुर्योधनको संगत गरेर बाटोे बिराएको पनि बताए।

छ२७ सालदेखि मुकुन्दजीसँग मेरो सम्बन्ध भयो। ५३ वर्ष बढी भयो होला। गलतका संगतमा पर्यो भने कहिले कहिले गलत बाटो हिँड्दो रहेछ,’ ओलीले भने, ‘दूयोर्धनको संगतमा पर्यो भने भिष्म पिताम्बर जस्तो मान्छे पनि बेठिक बेठिक काम गर्न लाग्दो रहेछ।’

मुकुन्द न्यौपानेसहितलाई भड्काउने काम भएको उनले बताए।

एकीकृत समाजवादी छाडेका मुकन्द न्यौपाने एमालेमा प्रवेश
‘त्यस्तै बेठिक मान्छे दुर्योधनको संगतमा परेर बाटो बिराउनुभएको थियो। तर आज फेरि पार्टीमा आउनुभएको छ,’ ओलीले भने।

साथै, नेपालमा भएका कम्युनिस्टहरु सबै आफ्नो पार्टीबाट गएको उनले दाबी गरे।

न्यौपाने एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए।

पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय