उर्लाबारी । मोरङको मिक्लाजुङ–३ मा रहेको कालिका माध्यमिक विद्यालयमा एक विद्यार्थीमाथी निर्घात कुटपिट भएको छ ।
कक्षा ८ मा अध्ययनरत श्रेया श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययन गर्ने र केही बाहिरका विद्यार्थीहरुले सामुहिक निर्घात कुटपिट गरेका हुन् । के कारण कुटपिट भएको हो भन्ने बारेमा खुल्न नसकेको भएपनि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो कुटिपिटको साथै खुट्टासमेत ढोग्न लगाएको भिडियोमा देखिन्छ । तथानाम बोल्दै विद्यालयभित्रै निर्घात कुटपिट हुँदासमेत विद्यालय प्रशासनले सुईको समेत पाएन । विद्यार्थीमाथि कुटपिट भएको घटनाको भिडियो सावर्जनिक भएपछि विद्यालय प्रशासनको चौतर्फी आलोचना भएको छ । विद्यालय डे«समा रहेकी ती विद्यार्थीमाथि निर्घात कुटपिट गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्ने स्थानीय युवा पारस मिभकले जोड दिनुभयो । उहाँले विद्यालय प्रशासनले घटनाको बारेमा सत्यतथ्य बाहिर नल्याए त्यसका विरुद्ध कडा रुपमा उत्र्ने सामाजिक सञ्जालमै चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय