उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई कुटपिट गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

स्थानीय किशोरी रेष्मा लिम्बुलाई प्रहरीले नियन्त्रमा लिएको हो । सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा देखिएका रोजिना लिम्बु, नुमा मगर, गृष्मा लिम्बु, चाँजु लिम्बुसहित अन्य भने फरार रहेको बताइएको छ । पक्राउ पर्ने रेष्मा सोही विद्यालयको पूर्व विद्यार्थी भएको बताइएको छ ।
गत बुधबार करिब १३ जनाको समुहमा रहेका विद्यार्थीहरुले श्रेया श्रेष्ठलाई २ घण्टा कक्षा कोठामा बन्धक बनाई निर्घात कुटपीट गरी खुट्टा ढोग्न लगाउँदै चरम याताना दिएका थिए ।

सो घटनाको बारेमा कसैलाई सुनाए ज्यान लिने समेतको धम्की दिएकाले आफुले घटनाकोे बारेमा डराएर कसैलाई नसुनाएको पीडित छात्रा श्रेष्ठले बताइन् । श्रेया घरमा एक्लै बस्दै आएकी थिइन् । शनिबार सामाजिक सञ्जाल मार्फत भिडियो बाहिरिएपछि पीडित परिवार पक्ष आक्रोशित बनेका थिए । आइतबार दिनभर कालिका माध्यमिक विद्यालय परिसर तनाबग्रस्त बनेको थियो । पीडितका आफन्तसहित विद्यालयमा विद्यालय प्रशासन, राजनीतिक दलका प्रतिनिधि, संघ संस्था प्रतिनिधिहरु बीच छलफल भएको थियो । छलफलकै क्रममा तनाब सिर्जना भएपछि प्रहरीको सहयोगमा पीडक किशोरीलाई नियन्त्रणमा लिएको थियो । दोषीलाई कार्वाहीको माग गर्दै पीडित परिवारले प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय