उर्लाबारी । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मोरङको मिक्लाजुङ–३ स्थित कालिका माध्यमिक विद्यालयमा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ ।
आज अखिल (क्रान्तिकारी) मोरङ जिल्ला कमिटी संयोजक नगेन्द्र घिमिरेले कालिका माबि कक्षा ८ मा अध्ययनरत किशोरीमाथी भएको सामुहिक कुटपिटको घटनाप्रति भत्र्सना जनाउँदै निष्पक्ष छानविन गरी दोषीलाई कानुन बमोजिम कार्वाही गर्न माग गरेको हो । अखिल (क्रान्तिकारी) ले विद्यालय हाताभित्रै कुटपिटको घटना हुनु दुखद भएको भन्दै विद्यालय प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘घटनाको ढाकछोप र राजनीति नगरी दोषीलाई कार्वाही तथा पीडित किशोरीको न्यायको पक्षमा लाग्न सबै पक्षलाई आब्हान गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय