उर्लाबारी । मोरङको मिक्लाजुङका महिलाहरु तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन् । मिक्लाजुङको वडा नं. ८ का एक दर्जन बढी महिलाहरुले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेका हुन् । उनीहरुले टमाटर, खोर्सानी, काक्रा, करेला, बैगुन, घिरौला, सिवीलगायत खेती गरेका छन् । मिक्लाजुङ–८ की लिला गिरीले विविसा कृषि फर्म सञ्चालन गरिरहेकी छिन् । १ विघा १३ कट्ठा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएको र राम्रो आम्दानी भइरहेको भएपनि उचित मूल्य नपाएको उनको गुनासो छ । विगत ८ बर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएकी गिरीले बजार ब्यवस्थापन नभएका कारण कृषक मर्कामा परेको बताइन् । आफुहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको उनले बताइन् । व्यापारीहरु घरघरमा तरकारी किन्न आएपनि आफ्नो लागत अुनसारको मूल्य पाउन नसक्दा कृषकहरु समस्यामा परेको उनको भनाई छ ।

त्यस्तै, मिक्लाजुङ–८ कै राधिका कोइराला भण्डारीले विगत १४ बर्षदेखि राधा कृषि फर्म सञ्चालन गरिरहेकी छिन् । उनले काउली, बोडी, खोर्सानी, टमाटरलगायत लगाएकी छिन् । उनले पनि बजार ब्यवस्थापन नभएको गुनासो गरिन् ।
महिलाहरु व्यवसायी कृषि खेतीतर्फ आकर्षित बनेको र वडा कार्यालयले पनि प्रोत्साहनका लागि सहयोगी भूमिका निर्वाह गर्ने मिक्लाजुङ वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले बताए । मिक्लाजुङ वडा नं. ८ का महिलाहरु नमूना तथा उदाहरणीय कृषक बन्नेतर्फ अग्रसर रहेको उनको भनाई छ ।
लगनशील र उद्यमी महिला समूहलाई सरोकारवाला निकायले अझै हौसला र सहयोग गर्न हो भने व्यावसायिक खेती गर्न तर्फ सबै अग्रसर हुँदै स्वरोजगार बन्ने सक्ने स्थानीयहरु बताउँछन् । अहिले यसरी तरकारी खेतीमा लागेपछि परिवार चलाउन पनि सहज हुन थालेको उनीहरुको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय