उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयमा प्रक्रिया र मापदण्ड नपु¥याई नियुक्ति दिएको भन्दै उर्लाबारी नगरपालिकाले हटाएकालाई अन्तिम टुंगो नलागेसम्म कार्यान्वय नगर्न अदालतले आदेश दिएको छ ।
उर्लाबारी–७ का अभिषेक राईलाई बाली विज्ञानतर्फ ल्याव सहायकमा विद्यालयले नियुक्ति गरेको थियो । विद्यालयमा प्रक्रिया र मापदण्ड नपु¥याई नियुक्ति दिएको भन्दै उर्लाबारी नगरपालिका शिक्षा शाखाले बर्खास्त गर्ने निर्णय गरेको पत्र पठाएपछि राईले उच्च अदालत मोरङमा गएका थिए । उच्च अदालतले अन्तिम टुंगो नलागेसम्म बर्खास्त नगर्नु भन्ने आदेश दिएको छ । ५ जना उम्मेद्वारमध्ये उत्कृष्टमध्येबाट राई छनौट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय