उर्लाबारी । २०७९ बैशाख ३० गते भएको निर्वाचनमा सानदार मतका साथ उर्लाबारी नगरपालिकाको नगरप्रमुखमा गंगाप्रसाद खरेल निर्वाचित बन्नुभयो । नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेद्वार हुँदा उहाँले मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गर्नुभयो । तर, निर्वाचित भएपछि उहाँको बोली फेरियो ।


सेवा सुविधाबाट प्राप्त रकम सामाजिक सेवामा खर्चिने अर्को घोषणा गर्नुभयो । नगरप्रमुखले हालसम्म के के सामाजिक सेवामा सुविधा खर्च गर्नुभयो भन्ने बिषयमा सार्वजनिक गर्नुभएको छैन । सरकारी गाडी समेत प्रयोग गर्ने चुनाब ताका बाचा गर्नुभएका नगरप्रमुख खरेल यतिबेला सम्पूर्ण सेवा सुविधा लिइरहनुभएको छ । उर्लाबारीबासीहरुले निकै आश गरेका नगरप्रमुख खरेल निर्वाचित भएको एक बर्ष पुग्न लागेको छ । तर, स्थानीय सरकार भएको आम नगरबासीहरुले महशुस गर्न सकेका छैनन् । नगरप्रमुख खरेलले निर्वाचित भएको ३ महिनामै सरकारको अनुभूति गराउने बचन दिनुभएको थियो । खोला किनारमा सडक निर्माण गरेर टिपरलाई एकै पटक राजमार्गमा आईपुग्ने व्यवस्था मिलाउने, नगरपालिकाको बेथिति हटाउने, जनताको समस्या बुझ्न साताको एक दिन गाउँ टोलमा पुग्ने, भ्रष्टचार नगर्ने र अरुलाई गर्न पनि नदिनेलगायतका प्रतिबद्धता उहाँले जाहेर गर्नुभएको थियो ।


बेतिथि रोक्न र सेवा सुविधा नलिने घोषणा गर्नुभएका नगरप्रमुख खरेलले भ्रमण भत्तासमेत बुझेको पाइएको छ । एनयुजिआईपीको समिक्षात्मक बैठकमा सहभागी हुन काठमाडौं जाँदा १८ हजार १ सय ४५ रुपैयाँ भक्ता बुझ्नुभएको छ भने योजना तथा कार्यक्रम मागका लागि विभिन्न मन्त्रालय काठमाडौंमा ११ हजार २ सय ५० रुपैयाँ र नगरपालिका संघको राष्ट्रिय अधिवेशनमा काठमाडौं जाँदा ३० हजार १ सय ९८ रुपैयाँ बुझ्नुभएको छ । उपप्रमुख मिनाकुमारी खतिवडाले पनि एनयुजिआईपीको समिक्षात्मक बैठकमा सहभागी हुन काठमाडौं जाँदा १८ हजार १ सय ४५ रुपैयाँ भक्ता बुझ्नुभएको छ भने योजना तथा कार्यक्रम मागका लागि विभिन्न मन्त्रालय काठमाडौंमा १६ हजार ३ सय ५० रुपैयाँ र नगरपालिका संघको राष्ट्रिय अधिवेशनमा काठमाडौं जाँदा १३ हजार ६ सय ५० रुपैयाँ बुझ्नुभएको छ ।

त्यस्तै, उर्लाबारीबाट काठमाडौंमा बसोबास गर्ने विज्ञहरुसँगको अन्तरक्रिाय, इन्धन, खाना, होटलवाससहितको ८७ हजार ७१ रुपैयाँ, उर्लाबारी–मधुमल्ला सडक डेलिकेशनमा काठमाडौं जादा १ लाख ३८ हजार ४ सय ६२ रुपैयाँ खर्च भएको छ भने न्यायिक समितिको कार्यक्रममा सहभागी हुँदा रुद्रप्रसाद लामिछानेले ७ हजार २ सय ५० रुपैयाँ बुझ्नु भएको छ । भ्रमण भत्ता लिन पाउने व्यवस्था नभएको भने होइन । तर, नगरप्रमुख खरेलले निर्वाचन ताका गरेका प्रतिबद्धताहरु एक बर्षको अन्तरालमा जनताले आश गरे अनुसार अनुभूति गर्न भने सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय