उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्नु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि आक्रमक ढंगले काम सुरु गर्नुभएको छ ।
उर्लाबारी नगरमा लागूऔषध सेवन र कारोबार बढी हुने गरेको गुनासो बढेपछि विशेष योजना नै बनाएर उहाँले आक्रमक ढंगले लागि पर्नुभएको हो । गत बर्ष लागु औषधमा कुनै मुद्दा चलाइएको थिएन । जब प्रहरी निरीक्षक नेम्बाङले उर्लाबारीको कमाण्ड सम्हाल्नु भयो तब उर्लाबारी लागु औषध कारोबारीदेखि सेवनकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले लागुऔषध कारोबारीको सञ्जाल तोड्न बिशेष अभियान चलाएको छ । प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन् । प्रहरी निरीक्षक नेम्बाङले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताउनुभयो । ‘लागुओषध कारोबारीहरुको सञ्जाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौं, त्यसबाट केही सफलता समेत मिलेको छ’ उहाँले भन्नुभयो ।
पछिल्लो एक महिनाभित्र ८ वटा लागुऔषधका मुद्दा चलाएको छ । गाँजासहित बरामद गरी २ जनालाई मुद्दा चलाएको छ भने गाँजा र ब्राउन सुगरसहित बरामद गरी १ जनालाई मुद्दा चलाएको छ । ट्याबलेटसहित बरामद गरी २ जनालाई मुद्दा चलाएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित बरामद १५ ग्राम ६०० मिलिग्राम मुद्दामा ३ जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । प्रहरीका अनुसार ८ जनालाई लागु औषधमुद्दा चलाएको छ भने १ जना हाल फरार रहेका छन् ।
प्रतिबन्धित औषधिसहित हालसम्मे १८ जनालाई पक्राउ गरिएको छ भने १४ जनालाई औषधी ब्यबस्था बिभाग बिराटनगरमा बुझाइएको छ । जसमध्ये १३ जनालाई जनही पाँच हजार र १ जना पटके पन्ध्र हजारमा छुटेका छन् । ४ जनालाई आवश्यक कारबाहीको लागि औषधी ब्यबस्था बिभाग पठाएको छ । १२ जनालाई बिभिन्न समयमा लागु औषध प्रयोगकर्तालाई पक्राउ गरी सम्झाई बुझाई अभिभावकको जिम्मा लगाई छाडेको जनाएको छ । १ जना प्रयोगकर्तालाई सुधार गृहमा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय