उर्लाबारी । प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले मोरङको उर्लाबारीमा आज प्रदर्शन गरेका छन् ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहभागी भएको कार्यक्रम बिथोल्ने तथा कालोभण्डा प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका हुन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको बार्षिक साधारणसभाको प्रमुख अतिथिको रुपमा आएका मुख्यमन्त्री कार्कीको विरोधमा नाराबाजी र प्रदर्शन भएको थियो । प्रदर्शनकारीले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेका छन् । संघीय लिम्बूवान परिषद्का अध्यक्ष कुमार लिङ्देन, पहिचावादी नेता अर्जुन जम्नेली राईलगायतले सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशको नामाकरण नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।























