उर्लाबारी । मोरङको उर्लाबारीमा बक्राहा विष्णु गंगाघाट निर्माण गरिने भएको छ । बक्राहा विष्णु गंगाघाट निर्माण नेपाल नामक संस्था दर्ता गरेर आज गंगाघाटको शिलान्यास गरिएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले सो घाटको शिलान्यास गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका तत्कालिन नगरप्रमुख खड्ग फागोले डिपिआरसहित जग्गासमेत खोजेर उर्लाबारी बक्राहा घाट निर्माण गर्ने प्रयास थाल्नुभएको थियो । तर, त्यसले सार्थकता नपाउँदै फागो दोस्रो कार्यकालमा नगरप्रमुखमा पराजित बन्नुभयो । त्यसपछि निर्वाचित नगरप्रमुख गंगाप्रसाद खरेलले निरन्तरता दिँदै १ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । सो बजेटमार्फत घाट निर्माणको काम सञ्चालनका लागि उर्लाबारीका सामाजिक व्यक्तित्व महेन्द्रजंग तामाङको अध्यक्षतामा बक्राहा विष्णु गंगाघाट नेपाल संस्था नै खडा गरेर गतिबिधि अघि बढाइएको छ । नामाकरणको विषयमा सामाजिक सञ्जालमा विरोध उठेपनि त्यसले सार्थकता पाएन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता नै सो समितिमा रहेका कारण घाटको नामाकरणको विषयमा कुरा उठेपनि कसैले विरोध गर्ने हिम्मत गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय