उर्लाबारी । मोरङको उर्लाबारीमा पछिल्लो समय व्यवसायीहरु भाग्ने क्रम बढेको छ । सेवाग्राहीले राखेको पैसा कुम्ल्याए भाग्ने पछिल्लो सूचीमा उर्लाबारी वडा नं. ८ स्थित एस टी मनि ट्रान्सफर एण्ड ज्वेलरी पसलका सञ्चालक तुलसी भनिने तिलप्रसाद श्रेष्ठ रहेका छन् । परिवारसहित श्रेष्ठ फरार भएपछि यतिबेला १ सय ५० भन्दा बढी सेवाग्राही विचल्लीमा परेका छन् । करोडौं कुम्ल्याएर फरार भएका श्रेष्ठले जेष्ठ नागरिकको भत्ता वापतको रकमसमेत लिएर भागेको पाइएको छ । आज उर्लाबारी वडा नं. ८ को कार्यालयमा सयौं पीडितहरु भेला भएर श्रेष्ठलाई खोजीका लागि हारगुहार गरेका छन् । उर्लाबारी–८ मा सञ्चालित एभरेष्ट फर्न पार्कका अध्यक्षसमेत रहेका श्रेष्ठले पासबुक नै बनाएर कारोवार गर्ने गरेको खुलेको छ । यो कानुनत यसरी पासबुक बनाएर कारोबार गर्न मिल्दैन । कानुनको धज्जी उठाएर यसरी सुन पसलले कारोबार गरेपनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । विशेष गरी पछिल्लो समयमा सुन ब्यवसायीहरु भाग्ने क्रम बढेको भएपनि सेवाग्राही सचेत भएको पाईदैन । ब्याजको लोभमा सुन पसलमा राखेको रकम जोखिममा परेको छ । ब्याजको लोभमा सुन पसलमा पैसा राख्दा सावा नै जोखिममा परेको छ । ब्याजको त कुरै छोडौं । कतिपय सुन पसलहरुले राखेको पैसा दिन सकेका छैनन् । आज हामीले पीडितहरुसँग गरेका कुराकानी जस्ताको जस्तै यहाँ प्रस्तुत गरेका छौं । उहाँहरुको पीडा यस्ता छन् ।
हेर्नुहोस भिडियो























